भारतीय क्रीकेटर युवराज सिंह द्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासकाे घाेषणा - DoroNepal

Breaking

Monday, June 10, 2019

भारतीय क्रीकेटर युवराज सिंह द्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासकाे घाेषणा

भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन । सन् २०११ मा भारतले विश्वकपको उपाधि जित्दा महत्वपुर्ण सदस्य रहेका बाँया हाते खेलाडी सिंहले नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै अन्तराष्ट्रिय करियरबाट विदाई लिएका हुन ।
इंग्ल्याण्ड र वेल्समा जारी विश्वकपका टिममा नपरेका सिंह पछिल्लो केहि समयबाट राष्ट्रिय टिम बाहिर रहेका छन । सन्यास कार्यक्रममा बोल्दै सिंहले आफ्नो करियर निकै सफल रहेको बताउँदै भावुक भएका थिए । कार्यक्रममा उनले आफ्नो बुवाको सपना विश्वकप जितेर पुरा गरेको बताए ।
सिंहले तीन सय चार एकदिवसिय खेलमा आठ हजार सात सय एक रन बनाएका थिए । यसका साथै उनले ५८ टी–२० खेलमा एक हजार एक सय ७७ रन बनाएका थिए । २००७ मा टी–२० विश्वकपको उपाधि भारतले जित्दा उनले इंग्ल्याण्डका बलर स्टुवार्ट ब्रोडको एकै ओभरमा छ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए ।
२०११ को विश्वकप जितेपछि क्यान्सरको विरामी परेका सिंहले नयाँ जुनी पाएका थिए । त्यसपछि पनि उनले राष्ट्रिय टिममा कमब्याक गर्न सफल भएका थिए । तर पछिल्लो पटक भारतीय टिममा बढ्दो प्रतिस्पर्धा र सिंहको खस्कदो फर्मका कारण उनी टिम बाहिर भएका थिए । जसमा उनले टिममा कमब्याक गर्न सकेननन् । बलिउड नायीक हेजलसँग बैवाहिक जीवन विताइरहेका सिंहले भविष्यमा क्रिकेटमा फरक भूमीकामा देखिने बताए ।

No comments:

Post a Comment