विश्वकप क्रिकेट:- पाकिस्तान श्रीलंकासँग खेल्दै - DoroNepal

Breaking

Friday, June 7, 2019

विश्वकप क्रिकेट:- पाकिस्तान श्रीलंकासँग खेल्दै

Image result for pakistan cricket team in worldcup
एजेन्सी । आयोजक इङ्ल्यान्डमाथिको रोमाञ्चक जितपछि उत्साहित पाकिस्तान आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंकाविरुद्ध खेल्दैछ । एकदिवसीय क्रिकेटमा पराजित क्रमलाई गत सोमबार इङ्ल्यान्डसँग जितसँगै समाप्त गरेको पाकिस्तान श्रीलंकाविरुद्ध खेल्न लागेको हो । 
बिस्ट्रोलस्थित कन्ट्री ग्राउन्डमा खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुबै दोस्रो जितको खोजीमा छन् । अफगानस्तानमाथि ३४ रनको जित निकालेको श्रीलंका विश्वकपमा भइरहेको कमजोर प्रदर्शनलाई सुधार्न चाहन्छ भने इङ्ल्यान्डमाथि फराकिलो रन जोडेको पाकिस्तान त्यहि लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।  दुबै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए । पाकिस्तानले पहिलो खेलमा वेस्ट इन्डिजसँग लजास्पद हार ब्यहोर्दा दोस्रो खेलमा कमब्याक गर्दै १४ रनको जित निकालेको थियो । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले हारेको थियो भने अफगानस्तानविरुद्धको खेलमा डिएल मेथडमा भाग्यमानी भएको थियो । 
युवा खेलाडी सम्मिलित पाकिस्तान बढी उमेर समूहका खेलाडीविरुद्ध युवा जोस देखाउने लक्ष्यमा छ । पाकिस्तान पछिल्ला पाँच एकदिवसीय खेलमा ४ मा पराजित छ भने एकमात्र विजयी छ । श्रीलंका भने २ खेलमा विजयी र ३ मा पराजित छ । विश्वकपमा यी दुई टोली अहिलेसम्म ७ पटक आमनेसामने भएका छन् । जसमा पाकिस्तान हाबी नै छ । 
 

No comments:

Post a Comment