रामचन्द्र र समिक्षा को "३ फुर्के" डोरिमा शंकर र अनुको ठुम्का ( भिडियो सहित:) - DoroNepal

Breaking

Friday, June 14, 2019

रामचन्द्र र समिक्षा को "३ फुर्के" डोरिमा शंकर र अनुको ठुम्का ( भिडियो सहित:)

काठमाण्डौ । चर्चित लोक तथा दोहोरी गायक रामचन्द्र चन्द र समिक्षा बि सि को ३ फुर्के डोरि सार्बजनिक भएको छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रमका माझ उक्त गित सार्बजनिक गरिएको हो । यस्तै चर्चित गायक तथा निर्देशक हुम गैरेको शब्द रहेको उक्त गितमा हुम गैरे ले नै सुमधुर लय भरेका छन ।

प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहल मा रेकर्ड गरिएको उक्त गित मा चर्चित मोडल तथा निर्देशक शंकर बि सि र नायिका तथा मोडल अनु साह को उत्कृष्ट  अभिनय रहेको छ ।

शंकर बि सि स्वयम् ले निर्देशन गरेको ३ फुर्के डोरिलाई राजेश घिमिरे ले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन ।

ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गितको अडियो तथा भिडियो शैली कृयसन प्रा लि को आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

No comments:

Post a Comment