सरकार द्वारा नो अब्जेक्सन लेटर लाई अब अब्जेक्सन - DoroNepal

Breaking

Tuesday, June 11, 2019

सरकार द्वारा नो अब्जेक्सन लेटर लाई अब अब्जेक्सन


२८ जेठ काठमाडौं । सरकारले डिप्लोमा  अध्ययन गर्न विदेश जाने बिद्यार्थीहरुलाई दिने गरेको नो अब्जेक्सन लेटर दिन बन्द गरेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरुमा डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाईका लागि अस्ट्रेलिया जापान लगायतका देशहरुमा जाने विद्यार्थीहरुका लागि सो लेटर उपलब्ध गराउँदै आएकोछ ।
सो कोर्स ECTS Credits अनुसार हुन्छ जुन नेपालको स्नातकतह प्रथम या द्वितीय सो सरह हो ।
मंगलबारबाट सो अध्ययनको लागि जाने विद्यार्थीहरुले अनिबार्य रुपमा लिनै पर्ने नो अब्जेक्सन लेटर दिन बन्द गरेपछि अध्ययनको लागि बिदेश जान तयारी गर्दै गरेका बिद्यार्थीहरुमा अन्यौलता छाएको छ ।

नियमावली अनुसार छात्रबृत्ति र नो अब्जेक्सन लेटर ईस्यु गर्नलाई कुनै पनि शैक्षिक कार्यक्रम बिद्यालय तह कक्षा १२ पछि एक बर्ष सम्म नेपाल सरकारले रोक्न पाउँदैन ।.


नेपालको समकक्षता प्राप्त नगरेको शैक्षिक संस्थामा पढ्न गएको खण्डमा पनि स्वयं व्यक्ति नै जिम्मेवार हुनु पर्ने र त्यसमा सरकारको कुनैपनि दायीत्व नहुने प्रस्ट व्यवस्था भए पनि सरकारले हठात नो अब्जेक्सन लेटर दिन बन्द गरेको भन्दै सरोकार वालाहरुले रोष प्रकट गरेकाछन ।
सरकारले बिना जानकारी र बिनाकारण नो अब्जेक्सन लेटर दिने काम बन्द गरेकोछ । यो सरासर गलत छ स्वतन्त्र शैक्षिक परामर्श संघ (FECON) का अध्यक्ष युवराज कटवालले बताए । उनले भने “सरकारले खराब नियतका साथ यो कदम चालेकोछ । हामी यसका बिरुद्ध ससक्त रुपले प्रस्तुत हुन्छौं ।”

यसै विषयमा शिक्षामन्त्रालय नोअब्जेक्सन लेटर शाखाका महेश्वर शर्माले १२ कक्षासम्म स्कुल लेवल नै हुने भएकाले स्कुल लेवलका लागि विश्वविद्यालयमा पढ्न नपठाउने भन्दै शिक्षा मन्त्रालयले लेटर नदिन निर्देशन दिए अनुसार आफूहरुले रोकेको बताए ।
केहि महिना अगाडी अष्ट्रेलिया अध्ययनको लागि जाने बिद्यार्थीहरु समस्यामा परेका थिए । त्यसैको प्रतिफल स्वरुप सरकारले अस्ट्रेलियालाई नै केन्द्रित गरेर नो अब्जेक्सन लेटर बन्द गरेको हुन सक्ने जानकारहरुले बताएका छन् ।

No comments:

Post a Comment