अदालतले रोक्यो नो अब्जेक्सन लेटर नदिने निर्णय - DoroNepal

Breaking

Friday, June 21, 2019

अदालतले रोक्यो नो अब्जेक्सन लेटर नदिने निर्णय


वैदेशिक अध्ययनमा जाने विद्यार्थीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा भन्दामाथि हुनुपर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाइदिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २९ जेठमा प्लस टु पास गरेका विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) नदिन निर्देशन दिएको थियो ।
अदालतको यो आदेशपछि अब आगामी ८ असारसम्मका लागि मन्त्रालयको निर्णय कार्यान्वयन हुन रोकिएको छ ।
छात्रवृत्तिसम्बन्धी नियमावलीमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिनुपर्ने प्रावधान छ । एक वर्षे तथा दुई वर्षे डिप्लोमाको नाममा विद्यार्थी बिदेसिने प्रवृत्तिबढेको भन्दै सरकारले प्लस टु उत्तीर्णलाई यस्तो लेटर दिन रोकेको थियो ।

No comments:

Post a Comment