मोडल अफ लुम्बिनी २०१९ को उपाधि देवदहका दिनेश साप्कोटालाई - DoroNepal

Breaking

Sunday, June 23, 2019

मोडल अफ लुम्बिनी २०१९ को उपाधि देवदहका दिनेश साप्कोटालाई


उपाधि सहित बिजेताहरु

बुटवल । रुपन्देहीमा सम्पन्न मोडल अफ लुम्बिनी २०१९ को उपाधि देवदहका दिनेश सपकोटाले हात परेका छन । दी डाईनामीक फेशन स्टाईल को आयोजनामा एशियन पार्टी प्यालेशमा सम्पन्न भएको प्रदेशस्तरीय प्रतियोगितामा उनले उपाधि चुमेका हुन । प्रतियोगितामा संयुक्ता थापा फष्ट रनर अप भएकी छिन । यसैगरि प्रतियोगितामा अनुपमा श्रेष्ठ सेकेण्ड रनरअफ र थर्ड रनर अफ बबिशा काफ्ले भएकि छिन ।
अर्गनाईजर चोइस मा सुरज परियार र भिवर चोइस मा स्वस्तिका रेग्मीले अवार्ड चुमेका छन । उक्त प्रतियोगितामा बेष्ट डिजाईनर तर्फ निभाना बुटिक कि उमा गुरुङ विजेता बनेकि थिइन ।कार्यक्रममा शिल्पा मास्के, मिना थापा, दिवाकर पौडेल ले जजको भुमिका निर्वाह गरेका थिए । टिन कन्टिनेट इन्टरनेशनल का विजेता मन्जेश गिरीको कोरियोग्राफी रहेको थियो । परिचय र नेशनल कस्टुम राउण्डबाट अन्तिम ४ छनौट भएको थियो भने प्रश्नोत्तर राउण्डबाट बिजेता घोषणा गरिएको थियो ।

बैशाखदेखि विभिन्न स्थानहरुमा गरिएको अडिसनमा सहभागि भएका २५ जना प्रतियोगिबाट अन्तिम १२ जना फाईनल चरणमा प्रवेश गरेका यस कार्यक्रमका अध्यक्ष सौरभ रेग्मीले जानकारी दिए । हिजो सम्पन्न पहिलो सिजन नै निकै सफल रहेको आयोजको भनाइ छ । फरक फरक क्षमता भएका युवा युवातीहरुलाई यस प्रतियोगितामा समावेश गरिएको अध्यक्ष सौरभ रेग्मीले बताए ।

कार्यक्रमलाई अझ रोचक बनाउन छिट्टै नै रिलिज हुन लागेको नेपाली कथानक चलचित्र सानो मनको टिमका सदस्यरु नायक आयुश्मान देशराज जोशी, नायिका शिल्पा मास्के, शारदा मास्के, यम प्रसाद ओलि, सन्जय चौधरी सहभागि भएमा थिए । सो कार्यक्रममा दि डाईनामीक फेशन स्र्टाईलले लिटिल रुपन्देही व्यूटी पेजेन्टको नयाँ कार्यक्रम पनि लञ्च गरेको थियो ।

मेडल अफ लुम्बिनीका उपाधि र टाइटलहरु मेडल अफ लुम्बिनीका उपाधि र टाइटलहरु १) दिनेश सप्कोटा विजेता, बेष्ट फोटोजेनिक २) संगुक्ता फष्ट रनर अप, बेष्ट वाल्क ३) अनुपम श्रेष्ठ सेकेण्ड रनर अप, मोष्ट ट्यालेन्ट ४) बबिशा काफ्ले थर्ड रनर अप, मोष्ट पपुलर ५) सुरज श्रेष्ठ अर्गनाइजर च्वाइस, मोष्ट कन्फिडेन्ट ६) स्वास्तिका रेग्मी भ्यूअर च्वाइस, ब्युटी उइथ प्रपोज ७) आस्था श्रीष मोष्ट पौँचल ८) सुरज रोका बेष्ट प्रसनालिटी ९) सिन्दु थापा मोष्ट डिसिपिलन १०) मान्शि श्रेष्ठ बेष्ट हेयर ११) सबिन बस्याल मोष्ट क्रियटिभ


No comments:

Post a Comment