कोपा अमेरिका : उरुग्वे को सानदार जित, इक्वेडरलाई ४-० गोलले हरायो - DoroNepal

Breaking

Monday, June 17, 2019

कोपा अमेरिका : उरुग्वे को सानदार जित, इक्वेडरलाई ४-० गोलले हरायो


एजेन्सी । कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार सुरुवात गरेको छ । प्रतियोगिताको सबै भन्दा सफल टोली उरुग्वेले सोमबार बिहान सकिएको खेलमा इक्वेडरलाई ४–० ले हराएको हो ।
पहिलो हाफमै ३–० ले अघि बढेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पाएको थियो ।
१० खेलाडीमा सिमित इक्वेडरमाथि उरुग्वेले सहज जित हात पारेको हो ।
उरुग्वेको जितमा ईडिन्सन काभानी र लुईस स्वारेजले गोल गर्न सफल रहे । अर्को गोल निकोलस लोदेईरोको नाममा रह्यो ।
२४ औ मिनेटमा जोसे किन्टोस रातो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो ।

No comments:

Post a Comment