सकियो भोटो जात्रा - DoroNepal

Breaking

Sunday, June 9, 2019

सकियो भोटो जात्रा

भोटो जात्रा तस्बिरमाकाठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । 
भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु जावलाखेल पुगेका थिए ।
भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भिड लागेको थियो ।  बाक्लो भिडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

No comments:

Post a Comment