आइएएफसी डिजानर कन्टेस्टको उपाधि बुटवललाई - DoroNepal

Breaking

Wednesday, May 8, 2019

आइएएफसी डिजानर कन्टेस्टको उपाधि बुटवललाई

स्थापनाको १३ आँै वर्षको अवसरमा बुटवल स्थित इनटरनेशनल मोडर्न फेशन कलेजले गरेको आइएएफसी डिजानर कन्टेस्ट २०१९ प्रतीयोगीतामा बुुटवल, नारायणगढ र पोखराका डिजाईनरले क्रियसन गरेका पोशाक लगाएर मोडल हरुले आफ्नो प्रतीभा र्याम्पमा प्रदर्शन गरेका थिए भने प्रतीयोगीतामा ३४ जना व्यवसायीक मोडलले सहभागीता जनाएका थिए ।
आईएफसीका ९५ जना डिजाईनरले डिजाईन गरेका पोशाकलाई ४ वटा सेग्मेन्टमा मोडलहरुले मोड्लीङ गरेका थिए । सो कार्यक्रम तिलोत्तमा नगरपालीकाका डाईनामीक मानीने मेयर बासुुुदेश घिमीरेको प्रमुुख अतीथ्यतामा सम्पन्न भएको थियो ।
उक्त डिजाईनर प्रतियोगितामा आइएफसी बुटवलका हिमा गुुरुङ्ग,पुुजा श्रीष रश्मि थापा,पञ्चा थापा र विष्णुु पुनको समूूहले उपाधि हात परेको थियो । भने आइएफसी बुटवलकै अनिता ज्ञवाली, गिता श्रेष्ठ,जस्मिन श्रेष्ठ र प्रिती के.सी.को समूूह द्धितिय हुुन सफल भएका थिए । यस्तै गरि आइएफसी, पोखराका अनिता राना, तमु राना, अलिना गुरुङ्ग, पुर्णिमा गुरुङ्गको समूूह तृतिय भएको हो ।
विजेताले क्रमशः नगद २० हजार,१५ हजार र १० हजार सँगै प्रमाणपत्र, गिफ्टह्याम्पर तथा मायाको चिनो प्राप्त गरेका छन । प्रतियोगितामा यूवि थापा (काठमाण्डौं), आशि ताम्राकर (नारयणगढ) र श्रृष्टि घिमिरे (बुटवल) ले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रम आईएफसीका प्रिन्सीपल कबीता पुुनको अध्यक्षता र सुुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।यस्ता प्रतीयोगीताहरु चितवन पोखरा र बुुटवलले पालैपालो सञ्चालन गर्दे आएका छन्। कार्यक्रमलाई सफल बनाउन रेडीयो समावेशी १०५ मेघाहर्जले मिडिया पार्टनरको भुुमीका निर्बाह गरेको थियो।

No comments:

Post a Comment