मोडल अफ लुम्बिनीको अिडसन राउण्ड सम्पन्न - DoroNepal

Breaking

Thursday, May 30, 2019

मोडल अफ लुम्बिनीको अिडसन राउण्ड सम्पन्न

बुटवल । जेठ १५ । द डाईनामिक फेशन स्टाईलको आयोजनामा मोडल अफ लुम्बिनी२०१९ कार्यक्रमको प्रथम अडिसन होटल मेरी गोल्डमा सम्पन्न भएको छ । २० जना प्रतियाेगिहरुले भाग लिएका मध्य मान्शी श्रेष्ठ, संगुक्ता थापा मगर, अनुपम श्रेष्ठ, प्रज्ञा ज्ञवाली, महेश रौनियार, दिनेश सापकोटा, बबिशा काफ्ले, सुरज रोका मगर, आस्था श्रीस, आयुषा ज्ञवाली, स्वस्तिका रेग्मी, दिया पुन दोस्रो राउण्ड अर्थात प्रशिक्षणको लागि छनोट भएका छन् । उक्त अडिसनमा भावना कार्की, सञ्जु थापा, एनिज लाङ्गालीले निणर्यकको भुमिका निर्वाह गर्नु भएको थियो ।  
   अब हुने फाइनलकाे लागि अन्तराष्ट्रिय स्तरमा मिस्टर टिन कन्टीनेन्ट इन्टरनेशनलका विजेता बनिसकेका मिस्टर मन्जेश गिरीले यसै हप्ता देखि प्रशिक्षण दिने व्यवस्था मिलाएको आयोजक टिमका अध्यक्ष सौरभ रेग्मी ले बताए ।  कार्यक्रमको निर्देशक समिर न्यौपान गर्नेछन् भने सह–कोरियोग्राफर यूकेशमान ज्ञवाली गर्नेछन् । 
    विभिन्न क्षेत्रमा रहेका युवा युवातीहरुमा लुकेर रहेको प्रतिभालाई मोडलको रुपमा स्थापित गर्न यस कार्यक्रमको लक्ष्य रहेको छ । असारको पहिलो हप्तामा फाइनल हुने आयोजले बताएको छ । यस कार्यक्रमको विजेजालाई इन्टरनेशल व्युटीपेजेन्टमा सहभागि गराइनेछ ।

No comments:

Post a Comment