अष्ट्रेलियामा एक नेपाली युवा बलात्कारको अभियोगमा पक्राउ - DoroNepal

Breaking

Sunday, May 5, 2019

अष्ट्रेलियामा एक नेपाली युवा बलात्कारको अभियोगमा पक्राउ

FILE PHOTO
सिड्नी । अष्ट्रेलियामा एक नेपाली युवा बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका ३५ वर्षीय एक नेपाली युवा रहेका छन् । उनी बलात्कारको अभियोगमा पक्राउ परेका हुन् ।अष्ट्रेलियामा छुट्टी मनाउन आएका युवालाई सिड्नीमा २१ वर्षीय अस्ट्रेलियन युवतीलाई इच्छा विपरित शारीरिक सम्पर्क गरेर अमेरिका उडेको आरोप लागेको छ ।

एनएसडब्लु प्रहरीका अनुसार युवतीले आफुलाई छाडेर गएको थाहा पाएपछि सोही दिन नै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । आरोपित नेपाली युवालाई प्रहरीले एन्जलिसबाट पक्राउ गरेर सिड्नी प्रहरीलाई पठाएको बताइएको छ ।युवतीका अनुसार आफ्नो इच्छा विपरित यौन सम्पर्क गरेको दाबी छ ।

No comments:

Post a Comment