आईसीसी टी–२० वरियतामा नेपाल ११औ स्थानमा उक्लियो - DoroNepal

Breaking

Friday, May 3, 2019

आईसीसी टी–२० वरियतामा नेपाल ११औ स्थानमा उक्लियो


आईसीसीकाे नयाँ टी–२० वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएकाे छ ।
गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंक सहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जीते पछि नेपालको टी–२० वरियतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ । नेपाल भन्दा एक स्थान तल १२ औं स्थानमा रहेको स्कटल्याण्डको १९९ अंक रहेको छ ।
टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन् ।

No comments:

Post a Comment