मोडल अफ लुम्बिनीको तयारी तिब्र - DoroNepal

Breaking

Thursday, May 16, 2019

मोडल अफ लुम्बिनीको तयारी तिब्र

बुटवल । रुपन्देहीमा यति बेला व्युटीपेजेन्ट गर्नेहरुको लहर नै लागेको छ त्यसै बिच विभिन्न व्यक्तिले विभिन्न तरिकाबाट कार्यक्रम सञ्चालन भईरहेका छन् । यसै बिच बुटवलमा पहिलो पटक द डाईनामिक फेशन स्टाईलको आयोजनामा मोडल अफ लुम्बिनी २०१९ कार्यक्रम सञ्चालनमा आउन लागेको छ । युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको सहभागितालाई भने जेठ १० गते देखि प्रथम अडिसको व्यवस्था मिलाएको आयोजक टिमका अध्यक्ष सौरभ रेग्मी ले बताए । मोडलिङको क्षेत्रमा लाग्ने युवा, युवातीको लागि यो कार्यक्रम धेरै नै महत्वपूर्ण रहेको छ । यस कार्यक्रमको विजेजालाई इन्टरनेशल व्युटीपेजेन्टमा सहभागि गराइनेछ । उक्त कार्यत्रमको पहिलो अडिशन नमो बुद्ध रेष्टुरेण्ट, बुटवलमा हुनेछ भने अन्तराष्ट्रिय स्तरमा मिस्टर टिन कन्टीनेन्ट इन्टरनेश्नलका विजेता वनिसकेका मिस्टर मन्जेश गिरी यस प्रतियोगितामा कोरियोग्राफर रुपमा काम गर्नेछन् ।

No comments:

Post a Comment