गायक रामचन्द्र चन्द अभिनित "स्वर्गतिर" सार्बजनिक - DoroNepal

Breaking

Thursday, May 2, 2019

गायक रामचन्द्र चन्द अभिनित "स्वर्गतिर" सार्बजनिक

काठमाण्डौ । चर्चित लोक तथा दोहोरि गायक रामचन्द्र चन्द र चर्चित मोडल अनु पराजुली अभिनित अत्यन्तै मार्मिक लोक गित स्वर्गतिर सार्वजनिक भएको छ ।

काठमाडौ मा आज एक बिशेष कार्यक्रम माझ उक्त गित सार्वजनिक गरिएको हो ।

श्याम रामजाली मगर र वर्षा मगरको निकै नै उत्कृष्ट आवाजमा रहेको गितमा कमल बिश्वोकर्माले शब्द लेखेका छन भने लय स्वयम् गायक श्याम रामजाली मगरले भरेका छन ।

मञ्जरी डिजिटलमा रेकर्ड सम्पन्न उक्त गितमा रामचन्द्र चन्द को एरेन्ज रहेको छ भने बिक्रम काउछा मगरले गित सम्पादन गरेका छन ।

विशाल मुभिज प्रा. लि बाट निर्माण गरिएको उक्त गितको भिडियो लाई वसन्त महर्जन ले खिचेका हुन भने सम्पादन तथा निर्देशन चर्चित गायक हुम गैरे को रहेको छ ।

बिस्नु श्रीस मगर, स्याम र बर्षा प्रस्तुत कर्ता रहेको उक्त गितको अडियो तथा भिडियो शैली क्रीयसन को आधिकारिक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।


 

No comments:

Post a Comment