सगरमाथाको बेस क्याम्पमा ४ वटा शव भेटियो - DoroNepal

Breaking

Sunday, April 28, 2019

सगरमाथाको बेस क्याम्पमा ४ वटा शव भेटियो

Related image
File Photo
विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानका क्रममा ४ वटा शव पनि भेटिएको छ 
सगरमाथा सफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । 
बेसक्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको टोलीले सफाईको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । 
वैशाख १ गतेबाट सुरु गरिएको सो सफाई अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो । 
अभियान अन्तरगत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको पनि आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
अभियानले ४५ दिन भित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ । सफाई अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिव २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment