मुसलधारे बर्षा ले जनजीवन कष्टकर,सडक अवरुद्ध, सिरुङ्गखोलामा निर्माणधिन पुल डुबायो - DoroNepal

Breaking

Sunday, April 7, 2019

मुसलधारे बर्षा ले जनजीवन कष्टकर,सडक अवरुद्ध, सिरुङ्गखोलामा निर्माणधिन पुल डुबायो


प्युठान । उत्तरी प्युठानको रजबारा र अर्खा लगायत गुल्मिको अग्लुङ्ग आसपास आज परेको मुसलधारे बर्षाले जनजीवन कष्टकर बनाएको छ । लगातार केही दिन अघि देखि पानी पर्ने सम्भावना देखाएता पनि पानी पर्न सकेको थिएन तर आज दिउँसो देखि पर्न सुरु गरेको पानी साझ रोकिएको थियो ।

यस्तै मुसलधारे पानी पर्दा पहिरो गएर सडक अबरुद्द बनेका छन । प्युठान को बाग्दुला, ठुलाबेसी गुल्मिको अग्लुङ्गफेदी हुँदै अर्खा भिमगिठे सडक पनि अबरुद्द भएको छ । गौमुखी गाउपालिका को अर्तुबाङ्ग कालोपहरा नीर माथी बाट पहिरो झर्दा उक्त सडक अबरुद्द भएको हो भने यता गुल्मिको अग्लुङ्गफेदी हुँदै रजबारा जाने सडक पनि अबरुद्द भएको छ ।
साथै सोही सडक अन्तर्गत पर्ने सिरुङ्गखोला स्थित बन्न लागेको पक्की मोटर पुल मा लाखौको क्षेती पुर्याएको छ । मुसलधारे पानी सङ्गै उर्लिएको झिम्रुख खोला ले उक्त पुलमा क्षेती पुर्याएको हो । पुलको अर्कोपट्टि बन्न लागेको पिल्लरको जग निर्माण हुँदै गर्दा खोला उर्लिएको थियो । छड बिछ्याइएको र आज ढलान गर्ने तालिका रहेको हुदा उक्त पुल तालिकामै सिमित बनाईदिएको छ ।

पुलको लागि लिईएको आवश्यक केहि सामाग्री समेत बगाईदिएको छ भने पिल्लरको लागि तयार पारियको जग अनि खाडल सबै पुरिदिएको त्यहा स्थित हाम्रा समाचार दाताले जानकारी दिएका छन ।

No comments:

Post a Comment