अदालतको आदेश र संविधान अनुरूप वंशजका आधारमा नागरिकता : गृहमन्त्री थापा - DoroNepal

Breaking

Monday, April 8, 2019

अदालतको आदेश र संविधान अनुरूप वंशजका आधारमा नागरिकता : गृहमन्त्री थापा

तस्बिर : रासस
गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरूप भएको बताएका छन्।
गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा पोखरा आएका गृहमन्त्री थापाले आज आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए।
संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालीन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएकाले यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए।
प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेका र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने उनले जानकारी दिए।
सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रूपमा लिइएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरूपमा काम भएको बताए।

No comments:

Post a Comment