आइकोनिक लिडर नेपाल २०१९ को उपाधि बुटवलकी महिमा थापालाई - DoroNepal

Breaking

Thursday, April 4, 2019

आइकोनिक लिडर नेपाल २०१९ को उपाधि बुटवलकी महिमा थापालाई

बुटवल । रुपन्देहीमा सम्पन्न आइकोनिक लिडर नेपाल २०१९ को उपाधि बुटवलकी महिमा थापा पइकी छिन ।
स्टाट १८ स्टारको को आयोजनामा मणिग्राम पार्टी प्यालेशमामा भएको प्रदेशस्तरीय प्रतियोगितामा उनले उपाधि चुमेकी हुन ।  प्रतियोगितामा सञ्जना अब्जु फष्ट रनर अप भएकी छिन । यसैगरि प्रतियोगितामा पवन के.सी. सेकेण्ड रनरअफ भएका छन् । भने उक्त प्रतियोगितामा नेशनल कस्टुमको बेष्ट डिजाईनर तर्फ विविका पोखरेल, भावना खरेल विजेता बनेका थिए ।
कार्यक्रममा मिष्टर नेपाल सेकेण्ड रनरअफ आषिक ताम्राकार, निशनल मोटिभेष्नल स्पिकर रोहीत मल्ल जजको भुमिका निर्वाह गरेका थिए । टिन कन्टिनेट इन्टरनेशनल का विजेता मन्जेश गिरी कोरियोग्राफी रहेको थियो । परिचय र नेशनल कस्टुम राउण्डबाट अन्तिम ४ छनौट भएको थियो भने प्रश्नोत्तर राउण्डबाट बिजेता घोषणा गरिएको थियो । फागुनदेखि विभिन्न स्थानहरुमा गरिएको अडिसनमा सहभागि भएका २० जना प्रतियोगीबाट अन्तिम ७ जना फाईनल चरणमा प्रवेश गरेको कार्यक्रम संयाजक अभिषेक गौतमले बताए ।  पहिलो सिजनमा नै निकै सफल रहेको आयोजको भनाइ छ । फरक क्षमता भएका युवा युवातीहरुलाई यस प्रतियोगितामा समावेश गरिएको थियो ।  प्रतियोगितामा नेपाल अपाङ्गहरु अश्रमको प्रतिनिधित्व गर्दै मान बहादर रानाले भाग लिएका थिए । भने उक्त कार्यक्रममा प्रमुख अथिति प्रदेश नं. ५का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरी ज्यूले संवोधन गर्नु भएको थियाे ।

No comments:

Post a Comment