आगोले तन जल्यो कला जलेन : धना र तुलसिंह को "बधाई" सार्वजनिक - DoroNepal

Breaking

Friday, March 1, 2019

आगोले तन जल्यो कला जलेन : धना र तुलसिंह को "बधाई" सार्वजनिक

काठमाडौं । छाउपडीमा आगो लागेर जलेकी धना परियार र तुलसिंह रनपछाईको स्वरमा नयाँ लोकदोहोरी गीत ‘बधाइ’ सार्वजनिक भएको छ ।
Image may contain: 7 people, people smiling, text
कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी धनाले शिव दर्शन फिल्मस् प्रालिकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा गीत बजारमा ल्याएकी हुन् ।
समीक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषि खड्काले संगीत भरेका छन् ।
क्त गीत बधाईमा आफुले माया गरेको मान्छे टाढिएपछि पनि उस्कै माया र यादले सताउने, आफुलाई छोडेर गयौ भन्ने बिश्वासनै नलागेको भावलाई समेटिएको छ । अर्कैसंग गएकी मायालाई बधाई दिदै सधै खुशी बन भनेर कामनापनि गरिएको भावलाई मोडल साया भण्डारी र रोशन सिंहले अभिनयमार्फत प्रस्तुत गरेका छन् । 
अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।
गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन् ।
रनपछाईको हालसम्म दुई दर्जनबढि बजारमा आईसकेका छन् । रनपछाई संचारकर्मीसंगै गायकका रुपमापनि आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् ।रनपछाईका ‘मायाको सुरुवात’, ‘कति महान् छौ’, तिमी मेरी हैनौ सानु’, सम्झनामा पागल हुने भए’ ‘विर्सियौकी जस्तो लाउन थाल्यो’, ढङ्ग भएको रङ्ग हुन्छ’, आउहै बाबु घरमै फर्केर’ लगायतका गीतहरु उनका लोकप्रिय एमब् चर्चित गीतहरु हुन ।
देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन् ।


No comments:

Post a Comment