नेपालको विजयी सुरुवात, भुटान ३-० ले पराजित - DoroNepal

Breaking

Tuesday, March 12, 2019

नेपालको विजयी सुरुवात, भुटान ३-० ले पराजित

विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो ।
विराटनगरको सहिद रंगशालामा सुरुवातबाटै आक्रमक दखिएको नेपालले १३ औ मिनेटमा अग्रता बनाएको थियो । १३ औ मिनेटमा मन्जिली कुमारी योञ्जनले नेपालका लागि पहिलो गोल गरिन् । दायाँ भागबाट पहिलो बार च्यापेर मन्जिली गोल गर्न सफल भईन् थिईन् ।
नेपालले लगत्तै दोस्रो गोल गर्न सफल रह्यो । १६ औ मिनेटमा सावित्रा भण्डारीले भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै गोल गरेकी थिईन् ।
तेस्रो गोल ५४ औ मिनेटमा सम्भव भयो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले टच लाईनमा झारेको बललाई कप्तान निरु थापाले पोस्टको दिशा दिईन् ।
भुटानविरुद्व निरन्तर आक्रमण बुनेपनि नेपालले थप गोल गर्न सकेन ।
४१ औ मिनेटमा सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । ४४ औ मिनेटमा मञ्जिलीले डिबक्सभित्रबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । 
पहिलो हाफको ईन्जुरी समयमा सावित्राको क्रसमा अनिता बस्नेतले ट्याप गरेको बल भुटानकी गोलकिपरले मुस्किलले बचाईन् ।
समुह एमा रहेको नेपालले तीन अंक जोड्न सफल भएको छ । भुटानविरुद्वको सहज जितले नेपाल सेमिफाईनलको नजिक पुगेको छ ।
समुह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसंग खेल्नेछ ।
go

No comments:

Post a Comment