हेलिकप्टर दुर्घटना : तीन राउण्ड गोली पड्केको अवस्थामा पेस्तोल भेटियो - DoroNepal

Breaking

Thursday, March 7, 2019

हेलिकप्टर दुर्घटना : तीन राउण्ड गोली पड्केको अवस्थामा पेस्तोल भेटियो


काठमाण्डौ - गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोक्ने गरेको पेस्तोल फेला परेको छ ।
दुर्घटनामै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीका अंगरक्षक रहेका घिमिरेको पेस्तोल घटना भएको ८ दिनपछि तीन राउण्ड गोली पड्केको अवस्थामा घटनास्थलमै भेटिएको हो । सेना र प्रहरीको संयुक्त टोलीले हेलिकोप्टरको भग्नावशेष मुनि च्यापिएको अवस्थामा फेला पारेको पेस्तोल जलेको छ ।

दुर्घटनास्थलमा पेस्तोल खोज्न परिचालन भएका एक प्रहरी अधिकारीका अनुसार, हेलिकप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ ।
सेना र अस्थायी प्रहरी चौकी माथिल्लो फेदी टोलीले घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । पेस्तोललाई नेपाली सेनाले लिएर गएको छ ।
फागुन १५ गते ताप्लेजुङ, फुङलिङ -१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर -एएस ३५०० दुर्घटना भएको थियो ।
दुर्घटनामा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक सेनाका जमदार घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्यन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र क्याप्नेट प्रभाकर केसीको मृत्यु भएको थियो ।प्रभाकर केसीको मृत्यु भएको थियो

No comments:

Post a Comment