बुटवलमा गोली चल्यो, एक जनाको मृत्यु - DoroNepal

Breaking

Wednesday, March 27, 2019

बुटवलमा गोली चल्यो, एक जनाको मृत्यु

१३ चैत, बुटवल । अज्ञात समुहले चलाएको गोली लागेर बुटवलमा एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा अज्ञात समुहले चलाएको गोली लागि भारतिय नागरिक ४५ बर्षिय फिरोज खानको ज्यान गएको प्रहरिले पुष्टि गरेको छ ।
खानको छातीमा गोलि लागेको प्रहरीले जनाएको छ । मैनाबगर अटाे भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु हो । गाेलि प्रहाराबाट घाईते खानलाई लुम्बिनि प्रादेशिक अस्पताल लगिएकाे थियाे । गोलि किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन ।
खानको शवलाई लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटना घटे लगत्तै बुटवलका सबै नाकाहरु शिल गरि गोली चलाउने समुहको खोजी गरिरहेको छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक खान भारतिय नागरिक भएपनि बिगत लामो समयदेखि गढिटोलमा बस्दै आएको बताईएको छ । - बुलेटिन नेपाल

No comments:

Post a Comment