विवादै विवादमा फस्यो चोभारको सुख्खा बन्दरगाह : संरचना निर्माणको गुणस्तरमै उठ्यो प्रश्न - DoroNepal

Breaking

Tuesday, March 12, 2019

विवादै विवादमा फस्यो चोभारको सुख्खा बन्दरगाह : संरचना निर्माणको गुणस्तरमै उठ्यो प्रश्न


काठमाडौं । राजधानीको चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने सरकारी योजनाअनुसार हाल त्यसको काम तीब्र रुपमा अघि बढाइएको छ । 
स्थानीयको विरोधका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ३ गते कीर्तिपुर नगरपालिकाको वडानम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका गरेका थिए ।
सुख्खा बन्दरगाह निर्माणका लागि विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको छ । २०७६ माघभित्र सुख्खा बन्दरगाह निर्माण सम्पन्न गर्नेगरी पहिलो चरणको कामका लागि सान्छी–आशिष जेभी भरतपुर १० लाई ठेक्का दिएको छ ।  
रु १ अर्ब २८ करोड १० लाख ५० हजार ६ सय २४९ मा सरकार र   सान्छी–आशिष जेभीबीच गत साउन १७ गते ठेक्का सम्झौता भएको थियो । 

No comments:

Post a Comment