भारतमा निर्वाचनको मिति आज घोषणा हुने - DoroNepal

Breaking

Sunday, March 10, 2019

भारतमा निर्वाचनको मिति आज घोषणा हुने

भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ।
विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागिता जनाउने छन्।
निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ।
भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुनेछन्। यो निर्वाचनपछि भारतमा फेरि पाँच वर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ।
नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
उनीहरूको बाहेक देशभरि सयभन्दा बढी पार्टीहरू पनि प्रतिस्पर्धामा उत्रने अधिकारीहरूले बताएका छन्। 
यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
हिन्दु राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाइँलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ।
भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रूपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिस्पर्धा रोचक हुने भारत सञ्चार माध्यमहरूले बताएका छन्।  (रासस/एएफपी)

No comments:

Post a Comment