आईकोनिक लिडर नेपालको फाइनल हुँदै - DoroNepal

Breaking

Thursday, March 28, 2019

आईकोनिक लिडर नेपालको फाइनल हुँदै

बुटवल –, स्टाट १८ स्टारको आयोजनामा संचालन भइरहेको आईकोनिक लिडर नेपालको फाइनल यही मिति २०७५, चैत्र, १९ गते मणिग्राम पार्टी प्यालेसमा सम्पन्न हुन लागेको छ । एक महिना अगाडी देखी संचालनमा आएको उक्त कार्यक्रममा १५ जना प्रतियोगिहरु सहभागी भएका मध्य ७ जना प्रतियोगिहरु फाइनल चरणको लागि छनोट भएका थिए ।
पवन के.सी., महिमा थापा, सञ्जय अवजु, रोजि घिमिरे, मान बहादुर राना, रुपा गुप्ता, अनिल थारु फाइनल राउण्डमा छनोट लागि छनोट भएका छन् । विभिन्न क्षेत्रका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन भएको थियो । भने उक्त कार्यक्रमको फाइनलमा नेशनल मोटिभेश्नल स्पिकर मिटर रोहित मल्ल र मिष्टर नेपालका सेकेण्ड रनरअप मिष्टर आशिक ताम्राकारले जजको भुमिका निर्वाह गर्ने छन् । आईकोनिक लिडर नेपालको उपाधिले गोल्ड मेडल र पहिलो रनरअप लाई सिल्भर मेडल प्रदान गरिने आयोजक एवं यस कार्यक्रमका कोरियोग्राफर मिष्टर मन्जेश गिरीले बताए ।

No comments:

Post a Comment