गुल्मीको अग्लुङ्गमा चट्याङ लागेर १ जनाको मृत्यु, ठूलोमात्रामा पशु चौपाया र घरहरुमा क्षति - DoroNepal

Breaking

Tuesday, March 26, 2019

गुल्मीको अग्लुङ्गमा चट्याङ लागेर १ जनाको मृत्यु, ठूलोमात्रामा पशु चौपाया र घरहरुमा क्षति

आज दिउँसो करिब २ बजेको समयमा गुल्मीको अग्लुङ्ग ओख्लेदहमा मेघगर्जन सङै परेरको चट्याङले ओख्ले दह निबासी अन्दाजी ४४/४५ बर्षका मैते बिकको घटना स्थलमै मृत्यु भएको छ भने उनकी श्रीमती सहित अगलुङगका अन्य १२ जना घाईते भएका छन् ।
साथै चट्याङबाट स्थानीय लघु विद्युतमा समेत क्षती पुगेको छ भने स्थानीय भरत विष्टका २ वटा खसि समेत मरेको बताईएको छ । बिद्युतको केन्द्रिय लाईन, लघु र सौर्य उर्जाबाट प्रवाह भएको चट्याङले अधिकांस मानिसलाई असर पु¥याएको छ भने धेरैमात्रामा पशु चौपाय र घरहरुमा क्षति पुगेको छ । 

No comments:

Post a Comment