मन्त्रीमण्डल फेरबदल गर्न ओली-दाहालबीच छलफल - DoroNepal

Breaking

Tuesday, March 12, 2019

मन्त्रीमण्डल फेरबदल गर्न ओली-दाहालबीच छलफल

Image result for prachanda speech
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनगठन गर्नेबारे मंगलबार बिहान प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका छन्।
विराटनगर पुगेका दाहालले पत्रकारसँगको कुराकानीमा मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको पनि बताए।
‘साँचो कुरा के हो भने आज बिहानमात्रै प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनबारे छलफल भएको हो,’ अध्यक्ष दाहालले भने, ‘बालुवाटारबाट सिधै म विराटनगर आएको हुँ। मन्त्रीले काम गरे/नगरेको मूल्यांकन गर्ने र मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ।’
मन्त्रीमण्डल पुनर्गठन गर्ने या नगर्ने भन्ने निर्णय प्रधानमन्त्रीले लिने दाहालले बताए।
‘मन्त्री हेरफेर गर्ने कि नगर्ने भन्ने प्रधानमन्त्रीले कसरी हिसाव गर्नुभएको छ त्यसमा भर पर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ भने मन्त्रीहरुको काम हेरिराख्या छु। फेरफेर गर्नुपरे पनि अहिले हतार छैन।’
 मन्त्री हेरफेर गर्नुपरे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नै भएको आफूले बताएको दाहालले सुनाए।

No comments:

Post a Comment