रुपन्देहीको देवदहमा आज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु - DoroNepal

Breaking

Monday, March 11, 2019

रुपन्देहीको देवदहमा आज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु

रुपन्देहीको देवदहमा आज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मोटरसाइकलमा सवार ब्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । 
आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा उनलाई अज्ञात समुहले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन । आक्रमण गर्ने समुह फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment