१ सय ४९ यात्रु बोकेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना - DoroNepal

Breaking

Sunday, March 10, 2019

१ सय ४९ यात्रु बोकेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना


केन्याको राजधानी नैरबीका लागि उडेको इथियोपियन एयरलाइन्स दुर्घटना भएको छ।
इथियोपियन प्रधानमन्त्री कार्यलयका अनुसार आइतबार बिहान नैरबीका लागि नियमित उडान भरेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो।
विमानका प्रवक्ताले विमान दुर्घटनामा परेको पुष्टी गरे पनि विमानमा सवार १४९ यात्रु र चालक दलका ८ सदस्यको बारेमा केही बताएनन्। उनले क्षतिको विवरण आइनसकेको जनाए।
अफ्रिकाको सबैभन्दा ठूलो यात्रु बोक्ने क्षमताको उक्त एयरबसमा सवार यात्रुहरूको अवस्थाबारे केही जानकारी नभएको प्रवक्ताले जनाएको समाचार संस्था एपीले जनाएको छ।

No comments:

Post a Comment