सुपर टप मोडल अफ लुम्बिनीको फाइनल हुँदै - DoroNepal

Breaking

Friday, February 15, 2019

सुपर टप मोडल अफ लुम्बिनीको फाइनल हुँदै

बुटवल – ३ फागुन, ए.वाई क्रियशनको आयोजनामा संचालन भइरहेको सुपर टप अफ लुम्बिनीको फाइनल यही मिति २०७५,फागुन, ६ गते ग्रिन भ्याली पार्टी प्यालेशमा सम्पन्न हुन लागेको छ । एक महिना अगाडी देखी संचालनमा आएको उक्त कार्यक्रममा २० जना प्रतियोगिहरु सहभागी भएका मध्य ८ जना प्रतियोगिहरु फाइनल चरणको लागि छनोट भएको आयोजक संस्थाका अध्यक्ष एलिस गुरुङले बताए ।

सुप्रिया लोहोनी, बिपना परियार, भुमि थापा, मुस्कान थापा, सारदा कुर्मी, प्रिया क्षेत्री, आयुष गाहा, भुवान गौतम फाइन राउण्डमा छनोट भएका छन् । विभिन्न क्षेत्रका युवायुवतीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि यो प्रतियोगिता सञ्चालन भएको थियो । कार्यक्रममा प्रथम हुनेले नगद पुरस्कार सहित विभिन्न गिफ्ट ह्याम्परहरु पाउने छ ।

No comments:

Post a Comment