६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस टुँडिखेलमा यसरि मनाईयो - DoroNepal

Breaking

Tuesday, February 19, 2019

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस टुँडिखेलमा यसरि मनाईयो

७ फागुन, काठमाडौं । आज प्रजातन्त्र दिवस । २००७ सालमा राणाशासन अन्त्य भई प्रजातन्त्र बहाली भएको खुशियालीमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो। ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी भएका थिए ।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न खेल कौशल र कवाज प्रदर्शन गरेका थिए ।
फोटो :- ONLINEKHABAR.COM

No comments:

Post a Comment