हात्तिपाइले रोगको औषधि : बर्दियाका प्रमुख जिल्ला अधिकारीद्धारा औषधि सेवन गरेर सुभारम्भ - DoroNepal

Breaking

Thursday, February 28, 2019

हात्तिपाइले रोगको औषधि : बर्दियाका प्रमुख जिल्ला अधिकारीद्धारा औषधि सेवन गरेर सुभारम्भ

बर्दिया । बर्दियामा हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम सुरु भएको छ । तराईका १५ जिल्लामा सुरु गरिने कार्यक्रम अन्तरगतको बर्दिया जिल्लामा पनि हात्तिपाइले रोग निवारणका लागि मंगलबार औषधि सेवन कार्यक्रम शुरू भएको हो ।
बुधबार जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको औषधि सेवन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूङवाङले औषधि सेवन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो। औषधि सेवन गरीसके पछि प्रमुख जिल्ला अधिकारी कुरूङवाङले सबै बर्दियावासीलाई ढुक्क संग हात्तीपाईले रोग निवारण गर्न औषधी सेवन गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बुधबार देखी टोलटोलमा र घरघरमा स्वास्थ्यकर्मीहरू औषधि सेवन गराउन आउने हुदा सबैले औषधि सेवन गरेर सहयोग गर्न अनुरोध समेत गर्नु भयो । गुलरिया नगरपालिकाका १२ वटामा औषधि सेवन गर्न ४६ स्थान तोकिएको छ ।

No comments:

Post a Comment