फाईनलमा नेपाल र म्यानमार भिड्दै - DoroNepal

Breaking

Friday, February 15, 2019

फाईनलमा नेपाल र म्यानमार भिड्दै



काठमाडौं – नेपाली महिला राष्ट्रिय टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार म्यानमारसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।

नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सुखद पुनरागमन गरेको थियो । अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेसँगै नेपालको फाइनल यात्रा सहज भएको हो ।
यता समूह विजेताको रुपमा फाइनल यात्रा तय गरेको म्यानमार भने निकै बलियो देखिएको छ । म्यानमारले समूह चरणका तीन खेलमा जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले अन्तिम दुई खेलमा इरान र भारतलाई समान २-० ले पराजित गरेको हो ।
नेपालले यसअघि ओलम्पिक छनोटमा पनि म्यानमारसँग खेलेको थियो । उक्त खेलमा नेपालले अग्रता लिनुका बाबजुद बराबरीको नतिजा हात पारेको थियो । साफ च्याम्पियनसिपको तयारीको रुपमा लिइएको यस प्रतियोगितामा नेपाल सबैभन्दा कम वरीयता भएको टोली हो । शीर्ष वरियताको म्यानमारलाई उपाधिको प्रबल दावेदार मानिएको छ ।

No comments:

Post a Comment