मन्त्री अधिकारी र उनको पिएसओ बाहेकको शव सनाखत हुन नसकेपछि श्रद्धाञ्जली स्थगित - DoroNepal

Breaking

Thursday, February 28, 2019

मन्त्री अधिकारी र उनको पिएसओ बाहेकको शव सनाखत हुन नसकेपछि श्रद्धाञ्जली स्थगित

काठमाण्डाै । विमान दुर्घटनामा मृत्यु हुनेहरुलाई बिहिबार राखिने भनेको श्रद्धाञ्जली सभा स्थगित भएको छ । हेलिकोप्टरमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारी र उनका पिएसओ बाहकको शव पहिचान हुन समय लाग्ने भएपछि टुँडिखेलमा श्रद्धाञ्जली भोलीमात्र हुने हो ।

अब दिवंगत भएका सातैजनाको श्रद्धाञ्जली शुक्रबार ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा शव राखि गरिने छ।
पोष्टमार्टमको कामले समय लिएको हुँदा ताप्लेजुङ दुर्घटनामा दिवंगत मन्त्री सहितका व्यक्तित्वप्रति श्रद्धान्जली कार्यक्रम भोलि बिहान ८:११ बजेसम्म हुने छ नेकपा केन्द्रीय सदस्य विष्णु रिमालले ट्विट गरी सार्वजनिक गरेका हुन् ।
शुक्रबार टुँडिखेलमा श्रद्धाञ्जली सभा भएपछि मन्त्री अधिकारीको शव पोखरा लगिने छ।

No comments:

Post a Comment