नेपाल ले रच्यो अर्को ईतिहास, यूएईविरुद्धको टी–२० शृङ्खला पनि कब्जा - DoroNepal

Breaking

Sunday, February 3, 2019

नेपाल ले रच्यो अर्को ईतिहास, यूएईविरुद्धको टी–२० शृङ्खला पनि कब्जा

नेपालले यूएईविरुद्धको टी–२० सिरीज पनि जितेको छ । आइतबार भएको अन्तिम टी–२० खेलमा १४ रनको जित हात पार्दै नेपालले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो । १० ओभरमा छाेट्याइएकाे खेलमा नेपालले ८ विकेट गुमाउँदै १०४ रन बनाएकाे थियाे । जवाफमा यूएईले १० ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्र बनायाे ।
तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको थियो ।

No comments:

Post a Comment