गण्डकी प्रदेश : विषादीयुक्त तरकारी र फलफूल भित्रन नदिन नाकामा प्रयोगशाला - DoroNepal

Breaking

Thursday, February 21, 2019

गण्डकी प्रदेश : विषादीयुक्त तरकारी र फलफूल भित्रन नदिन नाकामा प्रयोगशाला

गण्डकी प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषदको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ।
बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने, गण्डकी प्रदेश भित्रने दुई नाकामा प्रयोगशाला सञ्चालन गर्ने र प्रदेश सरकारको खातामा भूलबस आएको पैसा फिर्ता गर्ने निर्णय गरेको हो।
नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
आर्थिक भार नपर्ने गरी कर्मचारी व्यवस्था गर्ने  २०७५ असोज ३ गतेको मन्त्रिपरिषद बैठकबाट नवलपुरमा कार्यालय खोल्न संघ सरकारसँग कर्मचारी मागसहित गरिएको पठाएको अनुरोध सुनुवाइ नभएपछि प्रदेश आफैंले कार्यालय खोल्ने निर्णय भएको हो ।
त्यसैगरी स्याङ्जाको मालुंगा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला खोल्ने निर्णय गरेको छ। प्रदेशमा भित्रने तरकारी, फलफूल र पशुपंक्षी जाँच गरेर मात्रै प्रवेशमा आउने उनले बताए। मानव स्वास्थ्य प्रतिकूल विषादीको मात्रा भेटिए प्रदेशमा प्रवेश हुन नदिने उनले बताए ।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा आएको ५ करोड ९६ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउन संघ सरकारलाई सहमति दिएको छ।
उक्त प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ८ शीर्षकका लागि उक्त रकम आएको भूलबस प्रदेश सरकारको खातामा आएको थियो।

No comments:

Post a Comment