नेपाल बलिङ गर्दै, वसन्त र रोहितको स्थानमा पवन र ललित - DoroNepal

Breaking

Friday, February 1, 2019

नेपाल बलिङ गर्दै, वसन्त र रोहितको स्थानमा पवन र ललित


नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार यूएईविरुद्ध ट्वान्टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर फिल्डीङको निम्तो पाएको छ । पहिलो खेलमा २१ रनले पराजित नेपालले टोलीनेपालले यस खेलका लागि पवन सर्राफ र ललितनारायण राजवंशी टोलीमा आएका छन् । पवनले राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय टि-२० मा डेब्यु गर्दैछन् । ललितले भने नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए ।
पछिल्लो खेलमा मध्यक्रममा अपेक्षित प्रदर्शन गर्न नसकेका कारण रोहितको स्थानमा पवन सर्राफ आएका हुन् । पवन बलिङ अलराउन्डर हुन् । उनले ओडीआई सिरिजमा सुरुवाती दुई खेल खेलेका थिए । यता ललितले ओडीआई सिरिजका पछिल्ला दुई खेलमा पहिलो रोजाईबाट खेलेका थिए ।
दोस्रो खेलका लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी, अभिनाश बोहोरामा दुई परिवर्तन पनि गरेको छ ।

No comments:

Post a Comment