एट्लेटिको म्याड्रिडलाई ३–१ गोलले हराउँदै रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो - DoroNepal

Breaking

Sunday, February 10, 2019

एट्लेटिको म्याड्रिडलाई ३–१ गोलले हराउँदै रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

Image result for real madrid
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको म्याड्रिड डर्बीमा रियलले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडलाई उसैको मैदानमा ३–१ गेलले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । 
सानदार खेल खेलेको रियलले १६औं मिनेटमा अग्रता लिएको थियो । रियलका लागि कासेमिरोले पहिलो गोल गरे । उनले सर्जियो रामोसको पासमा उत्कृष्ट गोल गरेका थिए । रियलको अग्रतापनि जोसिएको एट्लेटिकोले २५औं मिनेटमा बराबरी गोल फर्कायो । एट्लेटिकोका एन्टोइन ग्रीजम्यानले बराबरी गोल गरेका थिए । 
रियलले ४२औं मिनेटमा पेनाल्टी मार्फत दोस्रो गोल गर्यो । रियलका कप्तान सर्जियो रामोसले पेनाल्टीको सदुपयोग गरे । एट्लेटिकोका जोसे गिमिनेजले डिबक्सभित्र फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । 
दोस्रो हाफमा पनि शसक्त प्रदर्शन गरेको रियलका लागि तेस्रो गोल ग्यारेथ बेलले गरे । रियलका लागि बेलको यो एक सयौं गोल हो । बेलले ७४औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए । ८०औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका थोमस दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि एट्लेटिको झनै कमजोर बन्यो । 
जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले २३ खेलबाट ४५ अंक बनाएको छ । यसअघि दोस्रो  स्थानमा रहेको एट्लेटिको तेस्रो स्थानमा झरेको छ । एट्लेटिकोले समान खेलबाट ४४ अंक बनाएको छ । शीर्ष स्थानमा बार्सिलोनाको २२ खेलबाट ५० अंक पुगेको छ । 
ला लिगा अन्तर्गत शनिबार राति भएको अन्य खेलमा गेटाफेले सेल्टाभिगोलाई ३–१ गोल, स्पान्योलले रायोभालेकानोलाई २–१ गोल र हुयस्काले गिरोनालाई २–० गोलले हरायो । 

No comments:

Post a Comment