डि पि एल ३- काठमाडौंमाथि सहज जित निकाल्दै अत्तरिया क्वालिफायरमा - DoroNepal

Breaking

Tuesday, February 19, 2019

डि पि एल ३- काठमाडौंमाथि सहज जित निकाल्दै अत्तरिया क्वालिफायरमा


सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।

अत्तरियाले क्वालिफायरमा भोली (बुधवार) काठमाडौंंसँगनै खेल्ने छ । ५ खेलमा अत्तरियामा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा रहेर क्लाफायर पक्का गर्यो । त्यस्तै काठमाडौंले ५ खेलमा ३ मा जित र १ मा हारका साथ ७ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्ने छ । तेस्रो स्थानमा रहेको रुपन्देही र महेन्द्रनगरबीच विहिवार एलिमिनेटर खेल हुने छ । एलिमिनेटरको विजेता टोली भोली पराजित हुनेसँग दोस्रो क्लालिफायर खेल्ने मौका पाउने छ ।
सामान्य ७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । अत्तरिया सहज जितमा ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक ३३ रन बनाए । १५ औं ओभरको चौथो बलमा योगेन्द्र सिंह कार्कीबाट क्याच आउट हुनु अघि कोल्सावालाले ४२ बलमा ५ चौका प्रहार गरे । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३ चौका प्रहार गर्दै २० रन र सन्दीप जोरा ७ मा अविजित रहे ।
कोल्सावालाले पहिलो विकेटका लागि सुवेन्द्र पाण्डेसँग २५ रनको साझेदारी गरेका थिए । सातौं ओभरको पहिलो बलमा ललित नारयण राजवंशीले बोल्ड आउट गर्नु अघि पाण्डेले १७ बलमा ५ रन जोडे । प्रेम तामाङले २३ बलमा १ छक्का सहित १० रन बनाउँदै क्याच आउट भए । काठमाडौंका ललित नरायण राजवंशी,सुर्य तामाङ र राशिद खानले समान एक एक विकेट लिए ।
त्यस अघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले निर्धारित २० ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए ।त्यस्तै योगेन्द्र सिंह कार्की १३ र अंकित दवासले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
सुरुवाती १० ओभरमा काठमाडौं २६-२ को कमजोर अवस्थामा थियो । पहिलो विकेटको रुपमा काठमाडौंले दोस्रो ओभरको अन्तिम अनिल कुमार शाहलाई ५ रनमा गुमाएको थियो । अनिललाई भुवन कार्कीले जयशिकन कोल्सावालाबाट क्याच गराए ।त्यस्तै तेस्रो ओभरको चौथो बलमा गौरभ तोमरलाई सन्नी पटेलले १ रनमा एलपी डब्लू आउट गरेपछि काठमाडौं सुरुवातमै दवावमा परेको थियो । १२ औं ओभरको चौथो बलमा रामनरेश गिरीले भारतीय खेलाडी अंकित दवासलाई १० रनमा बोल्ड गरेपछि काठमाडौं सस्तैमा समेटिने निश्चित जस्तै बनेको थियो ।
कााठमाडौंले १५ ओभरमा मात्र ५३ रन जोडेको थियो । १६ ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि योगेन्द्रसिंह कार्कीले १२ बलमा समान एक चौका र छक्का प्रहार गर्दै १३ रन जोडे । सोनु तामाङ र नन्दन यादवले समान एक रन जोड्दा राशिद खान ३ रनमा नट आउट रहे 
।अत्तरियाका लागि दिपेन्द्रसिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै राम नरेश गिरीलेले २,भुवन कार्की र सन्नी पटेलले समान एक एक विकेट लिए ।

No comments:

Post a Comment