डि पि एल ३ : रुपन्देहीसंग बिराटनगर पराजित - DoroNepal

Breaking

Tuesday, February 12, 2019

डि पि एल ३ : रुपन्देहीसंग बिराटनगर पराजित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किंग्सलाई ५ विकेट ले पराजित गरेको छ।
यो संगै रुपन्देहीले लगातार २ खेलमा जित निकाल्यो भने बिराटनगरले पहिलो खेलमा हारको सामना गर्यो। रुपन्देहीले हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरको थियो। बिराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही च्यालेन्जर्सले १३.१ मात्र ५ विकेट गुमाएर पुरा गर्यो।
उसका लागि पुनित मेहराले ४६ रनको आक्रामक र सम्हालिएको पारि खेले। २६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का हाने।
खराब सुरुवात गरेको रुपन्देहीले मात्र १९ रनमा ३ विकेट गुमाएको थियो। सन्दिप सुनार (०), प्रदिप ऐरी (२) र बिनोद भण्डारी (७) आउट भएका थिए। त्यस्तै बाबर हयात पनि १७ रन (२३ बल, १ चौका, १ छक्का) बनाएर आउट भए।
जितको लागि पुनित मेहरा आउट हुँदा १३ रन आबश्यक रहेका बेला कप्तान बसन्त रेग्मी र भिम सार्कीले ५ बलमा १४ रन (१ छक्का, १ चौका) को साझेदारी गर्दै खेल जिताए। बसन्त रेग्मी अविजित ८ रन (५ बल, १ छक्का) र भिम सार्की अविजित १२ रन (१३ बल, १ चौका) मा रहे।
बलिंगतर्फ अभिनास यादवले १६ रन खर्चेर २ विकेट लिए। सुशन भारी, संसाद शेख र करण केसीको नाममा १/१ विकेट रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।
खराब सुरुवात गरेको उसले मात्र १३ रनमा दुवै ओपनर गुमायो। हरिशंकर शाह डकआउट हुँदा आसिफ शेख ८ बलमा ८ रन बनाएर आउट भए।
त्यसपछि बिदेशी खेलाडी असाद पठान १६ रन, पृथु बास्कोटा ४ रन, सुवास ऐर ९ रन, संसाद शेख १० रन, कुशल भुर्तेल १२ रन, अभिनास यादव ७ रन र करण केसी २ रन बनाएर आउट भए।सुबास ऐर प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडी हुन्। १५ बर्षीय उनले ट्यालेन्ट हन्ट मार्फत विराटनगरको टिममा स्थान बनाएका थिए।बलिंगतर्फ पुनित मेहराले ३ विकेट लिन ४ ओभरमा २० रन खर्चिए। 
बसन्त रेग्मी र ललित भण्डारीले समान २/२ विकेट हात पारे। बिक्रम सोभ र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो।८० रनमा नबौ विकेट गुमाएको बिराटनगरका राजेश पुलामीले अन्तिम ओभरमा १२ रन बटुले। उनले ललित भण्डारीको पहिलो बलमा छक्का तथा अन्तिम ३ बलमा प्रत्येक बलमा २ रन दौडिए। पुलामी अविजित १७ रन (१४ बल, १ छक्का) मा रहे। सुशान भारीले २ बलको सामना गरे।
VIA : wicketnepal.com

No comments:

Post a Comment