नेपालको सानदार जित : ईरान ३-० ले पराजित - DoroNepal

Breaking

Wednesday, February 13, 2019

नेपालको सानदार जित : ईरान ३-० ले पराजित

काठमाडौं– भारतको उढिसामा जारि हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले जित निकाल्न सफल भएको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाले पहिलो हाफमा नै अग्रता बनाएको थियो । फिफा बरियता मा नेपाल १०६ स्थानमा हुदा ईरान ६० औ स्थानमा रहेको छ ।

नेपालका लागि अनिता बस्नेतले पहिलो हाफमा गोल गर्न सफल भइन । उनले खेलको ४१ औ मिनेटमा गिता रानाको पासलाई सदुपयोग गोल गरेकी हुन् ।
त्यस्तै नेपालको लागि दोस्रो हाफको ५९ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन ।

नेपालले लिग चरणको तेस्रो खेलमा ईरानसंग प्रतिस्पर्धा गरेको हो । फाईनल पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब थियो । चार टोली सहभागि प्रतियोगिताका शीर्ष दुई टिम फाईनल प्रवेश गर्नेछन् ।
सावित्रालेनै खेलको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई ३–० गोलको सहज जित दिलाउन सफल भईन । प्रतियोगितामा म्यानमार ६ अंक सहित शीर्ष स्थानमा छ । नेपालले पनि आजको खेलमा जित निकालेर ६ अंक बटुलिसकेको छ । ईरान अंक विहिन छ ।

नेपाललाई प्रतियोगिताको फाईनल प्रवेश गर्ने अवसर छ । तर नेपालको सम्भावना भारत र म्यानमारबीचको खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

No comments:

Post a Comment