नेपाल द्वारा भारत २-१ गोलले पराजित : भारत बिरुद्द नेपाली महिला राष्ट्रिय टोलिको ईतिहासकै पहिलो जित - DoroNepal

Breaking

Monday, February 11, 2019

नेपाल द्वारा भारत २-१ गोलले पराजित : भारत बिरुद्द नेपाली महिला राष्ट्रिय टोलिको ईतिहासकै पहिलो जित

२८,माघ काठमाडौ । खेलको शुरुवात मै साबित्रा भण्डारीले दुई गोल गरेपछि जारी हिरो गोल्डकप महिला च्याम्पियनसिपतर्फ नेपालले आयोजक भारतलाई २–१ ले हराएको छ ।
सोमबार भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको खेलको पाँचौं मिनटमै विपक्षी खेलाडीलाई बिट गर्दै साबित्राले पहिलो गोल गरीन । लगतै सातौं मिनटमा मनमाया लिम्बुको पासमा साबित्राले व्यक्तिगत दोस्रो गोल गरीन । जुन नेपाललाई महत्वपूर्ण जित दिलाउन प्रर्याप्त बन्यो ।


उता खेलको ८४ औं मिनटमा रतनबाला देवीले भारतका लागि गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न प्रर्याप्त बनेन । यो जितसँगै नेपालले फाइनल प्रवेशको आफ्नो सम्भावना कायम राखेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार इरानको सामना गर्नेछ भने सोही दिन भारतले म्यानमारसँग खेल्नेछ ।
सोमबार नै भएको पहिलो खेलमा म्यानमारले इरानलाई २–० ले हराउँदै फाइनल प्रवेशको सम्भावना लगभग सुनिश्चित गर्यो । स्मरणीय छ, म्यानमारले आफ्नो पहिलो खलमा नेपाललाई ३–० ले हराएको थियो भने भारतले इरानलाई १–० ले हराएको थियो ।

फोटो:- ANFA

No comments:

Post a Comment