ताप्लेजुङ् हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारी सहित ७ जना कै मृत्यु भएको पुष्टि - DoroNepal

Breaking

Wednesday, February 27, 2019

ताप्लेजुङ् हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारी सहित ७ जना कै मृत्यु भएको पुष्टि


ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । 

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो ।
'घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ', उनले भने, 'दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।'



काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ । 
पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । स‌ंसद्‍को राज्य व्यवस्था समितिमा उपस्थित भएका उनले हेलिकप्टर दुर्घटना भएको जानकारी गराएका हुन् । 
दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ। 
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोनका लागि त्यतर्फ गएको बताइएको छ । दुर्घटनामा परेको स्थानमा धुवाँको मुस्लो आइरहेको जानकारी हाम्रा ताप्लेजुङ संवाददाता सीताराम गुरागाइँलाई स्थानीयबासीले दिएका छन् । 
जिल्लास्थित सुरक्षा अधिकारीले पनि हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेका छन् । तर घटनास्थल ठुलो भिरमा रहेकाले उद्दारका लागि नेपाली सेना र प्रहरीसहितको टोली फुङलिङबाट त्यसतर्फ गइसकेको छ । 

No comments:

Post a Comment