बुटवलका मन्जेश लाई फिलिपिन्स मा सफलता : नेपाललाई विश्व सामु चिनाएर फर्किए - DoroNepal

Breaking

Wednesday, February 13, 2019

बुटवलका मन्जेश लाई फिलिपिन्स मा सफलता : नेपाललाई विश्व सामु चिनाएर फर्किए


फागुन १ । अस्ट्रेलियाको प्रिमो मोडेलो द्वारा फिलिपिन्सको चटेउ रोयल नासुग्बु बटङगस् मा २६ जनवरीमा आयोजित लिटल एण्ड टिन ग्यालाम इन्टरनेशनल २०१९ मा मन्जेश गिरी नेपालको तर्फबाट सहभागि भई मिस्टर पर्सानालिटी र मिस्टर टिन कन्टिनेन्ट उपाधी हासिल गर्न सफल भएका छन् ।

यही २० देखि २७ जनवरी २०१९ मा भएको उक्त प्रतियोगितामा विश्वका करिब ५०–६० देशका प्रतियोगिहरुले भाग लिएका थिए । नेपाललाई विश्व सामु चिनाउने उनको प्रयास सफल भएको छ । प्रतियोगिाता अवधि भर नेपाल र नेपालीलाई चिनाउने विभिन्न नेपाली पोशाकहरुमा आफ्नो प्रस्तुती दिइ रहेका थिए ।  उनले लगाएको पोशाकको दायाँ तर्फ नेपालको झण्डा र अर्को तिर बुद्धको फोटो टासेँर आफ्नो बेजोड प्रस्तुती दिएका थिए र उनले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्व सामु पुर्याएका छन् । 

फिलिपिन्सबाट केही दिन अगाडि मात्र नेपाल फर्किएका मन्जेश भन्छन् –  “ नेपाललाई विश्व सामु चिनाउन पाउँदा धेरै खुशी छु, र अब म आफ्नो देशमा मैले सिकेर आएको कुरालाई सदुपयोग गरि केही नयाँ र फरक कार्यक्रम लिएर अगाडी बढ्नेछु । ”

No comments:

Post a Comment