विदेश जान 'कागजपत्र' मा गरियो नक्कली बिबाह : नाजिर हुसेन बने नक्कली पण्डित - DoroNepal

Breaking

Thursday, February 21, 2019

विदेश जान 'कागजपत्र' मा गरियो नक्कली बिबाह : नाजिर हुसेन बने नक्कली पण्डित


आउँदो चैत ८ मा रिलिजहुने पक्का भएको नेपाली फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु अभिनेता नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोेटा लगायतलाई प्रस्तुत गरिएको छ ।
बैदेशिक रोजगारीका लागि नक्काली विवाहगर्ने परिपाटीको बिषयमा फिल्म निर्माण भएको ट्रेलरमा देखाइएको छ ।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो । 
फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताउनुभयो । अपिलले यसअघि ‘झुम्की’निर्देशन गरेका थिए । 
यसका निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । 
फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 

No comments:

Post a Comment