सिद्दबाबा उच्च मा बि ले मनायो ३३ औ वार्षिक उत्सव - DoroNepal

Breaking

Wednesday, February 27, 2019

सिद्दबाबा उच्च मा बि ले मनायो ३३ औ वार्षिक उत्सव


फागुन १४, गुल्मी । आज सिद्दबाबा माध्यमिक विधालयको ३३ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । २०४२ साल फागुन १४ गते स्थापना भएको विधालयले हरेक फागुन १४ गते आफ्नो वार्षिक उत्सव मनाउदँै आएको छ । विधालयका प्रधानध्यापक डोर विक्रम श्रीसको स्वागत मन्तव्य रहेको कार्यक्रममा विधालय व्यावस्थापन समितीका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षातामा कार्यक्रम सम्पन्न भएको थियो । आज भएको कार्यक्रमा रेसुङ्गा नगरपालिकाकी उपःमेयर सिता भण्डारीको प्रमुख आथित्याता रहेको थियो भने कार्यक्रममा अविभावक, शिक्षा प्रेमी, बुद्घीजिवी र राजनितिक दलका नेताहरुको पनि विशेष उपस्थिती रहेको थियो।

वार्षिक उत्सवको अवसरमा विधालयले विभिन्न शैक्षिक सामाग्रीहरुको प्र्रर्दशन पनि गरेको थियो । विधालयले विधार्थीहरुले प्रयोगमा ल्याउने विषय अङ्गग्रेजी,नेपाली,विज्ञान,पेशा व्यावसाय र सामाजिक विषयका शैक्षिक सामाग्रीहरु प्रर्दशन गरेको हो । प्रर्दशनी संग्रालयमा बौद्घीक खेलका स्टलहरु जस अन्तरगत अल्फाबेटिकल अडर , मनकामना शब्द छहरा , इन्टरटेन्डमेड वढ ग्याम, वाक्य निर्माण, म्याथ्थमेटिकल याईकियु टेस्ट, ओन्ली जिनियसक्यान सल्भ, पदवर्ग र पार्ट स्कील लगाएतका बौद्घीक खेलका स्टलहरु प्रर्दशन गरेको थियो । सोहि अवसरमा अङ्गग्रेजी,नेपाली,विज्ञान,पेशा व्यावसाय र सामाजिक विषयका लागि प्रयोगमा आउने शैक्षिक सामाग्री जस अन्तरगत दउरा सुराल,तराजु,ढक,लिटर,चुलेसी,मुरली,खुर्पेटो,सारङ्गी,लोभ हुन लागेका पैसा,माना,पाथि,लाईट,लाल्टीङ्क,ठेकि,ताउली,ठडेउरो,टुकी,तमौरो,हात्तीकोमुर्ती,ढालो,सिलाउटो,गुन्द«ो,कर्चुलो,बाहुली,हर्पे,चौठीँ,ढकीया,हाडी,काटेपिङ्ग,ओदान,सेउँ,थुम्से,ढोको,नाम्लो,सुपो,हलो,जुवा,कदालो,वनचरो,वोर्ट,पेरिस्कोप,सरकु्लर डियने,केबल कार,इलेक्र्टीक इनर्जी जेनेरेटर,हेलोजन फन्टेन,सोलार कार र टेस्टाकोल प्रर्दशन गरिएको थियो । यस्ता सामग्रीहरुले विधार्थीहरुको ज्ञान मात्र नबढाई उनिहरुलाई व्यावहारी पनि बनाउने विधालयका भौतिक विज्ञान शिक्षक बर्दि ज्ञवलीले जानकारी दिनुभयो ।

विज्ञान संकायका विधार्थीहरुदरा निर्मित वैज्ञानीक सामाग्रीहरु टेस्टाकोल , इलेक्र्टीक इनर्जी जेनेरेटर र हेलोजन फन्टेनको वैज्ञानीक क्षेत्रमा निकै महोत्व रहेको शिक्षक बर्दी ज्ञवलीले बताउनुभयो । कार्यक्रमको अवसरमा विधालयले विभिन्न संकायमा अध्यानरत विधार्थीहरुलाई छात्रवृति समेत वितरण गरेको थियो सोहि अबसरमा विधालयका शिक्षक र विधार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । कार्यक्रमा पुर्व विधार्थीहरुलाई पनि मन्तव्यका साथ पुस्कार वितरण गरिएको हो । सोहि अवसरमा पुर्व विधार्थी एबम् जिल्ला अस्पताल गुल्मीका प्रमुख उत्तम पच्याईले स्वाथ्य र त्यस्को महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै गायक एबम् पुर्व विधार्थी सन्तु थापाले आफ्नो प्रस्तुती प्रस्तुत गर्दै विधालयको आगमी दिनमा प्रगतीको कामना गर्नु भएको थियो ।

No comments:

Post a Comment