एनसेल मुख्यालय नख्खुमा शक्तिशाली बम बिस्फोट : तीन जना घाइते - DoroNepal

Breaking

Friday, February 22, 2019

एनसेल मुख्यालय नख्खुमा शक्तिशाली बम बिस्फोट : तीन जना घाइते

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराएको छ।
साँझ ७ बजेर ५५ मिनेटमा भएको शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। विस्फोटबाट प्रतिक्षा खड्का, उरूषा मानन्धर र सिंहप्रसाद गुरूङ गरी तीन जना पैदल यात्रु घाइते भएका छन्।
घाइते २५ वर्षिय उरूषा मेडिसिटी अस्पतालकै नर्स हुन्। बागडोलकी २६ वर्षिया प्रतिक्षालाई सुरूमा अल्का अस्पताल लगिएको थियो। तर, उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मेडसिटी रेफर गरिएको छ। यस्तै लमजुङका ४८ वर्षिय  सिंहप्रसादलाई पनि सुरूमा बिएण्डबी अस्पताल लगिएको थियो। तर उनलाई पनि थप उपचारका लागि मेडसिटीनै रेफर गरिएको छ।
ठूलो आवाजसहित भएको बिस्फोटले वरिपरिका घरका सिसा फुटेका छन्।

No comments:

Post a Comment