प्युठानको रजबारामा चट्याङ्ग लागेर एक जनाको मृत्यु - DoroNepal

Breaking

Saturday, February 16, 2019

प्युठानको रजबारामा चट्याङ्ग लागेर एक जनाको मृत्यु

Image result for lightning

प्युठान - उत्तरि प्युठानको गाैमुखी गांउपालिका वडा न. ३ रजवारामा आज दिउसो करिब ४ बजेतिर परेको चट्याङ्ग लागि  गौमुखी गाउपालिका वडा नं. ३ रजवारा निवासी धन बहादुर मल्लको दु:खद निधन भएको छ । 

केहि दिन अघि प्युठानकै स्याउलिबाङ्ग मा चट्याङ्ग लागि घटेको घटना सेलाउन नपाउदै यो अर्को घटना घटेको हो ।

यसै गरि पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । अर्का एक घाईते छन् । चट्याङ लागेर घाईते स्थानीय १७ बर्षीय भोगेन्द्र तामाङको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको पाँचथरका डिएसपी नरेन्द्र कुँवरले बताउनुभयो । घाईते उनका भाई ११ बर्षीय मनकुमार तामाङको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।  

यता भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडा स्थित चट्याङ्ग लागेर ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार त्रिभूवन विश्वविद्यालयका विद्यार्थीहरू आज वनभोज कार्यक्रमका लागि घ्याम्पेडाँडा गएका बेला वर्षासँगै परेको चट्याङ्ग लागेर उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मोरङ कोशी दरैचा नगरपालिका ४ घरभई किर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलाली गौरी नगरपालिका १ का २५ वर्षीय जीवन भण्डारी, स्याङजा कालीगण्डकी गाउँपालिका ४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका ५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, ओखलढुङ्गा रुम्जाटार घरभई त्रिभूवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ र सर्लाही घरभई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का छन् । घाइते सबैको डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताउनुभयो । 




No comments:

Post a Comment