आइफोनमाथि भाइरस आक्रमण - DoroNepal

Breaking

Wednesday, January 30, 2019

आइफोनमाथि भाइरस आक्रमण

एप्पलको आइफोनमाथि साइबर हमला भएको छ । आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ ।
प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ ।
ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ ।
आइफोनमा देखापरेको बगको बारेमा सबैभन्दा पहिले ब्लुम्बर्गले सार्वजनिक गरेको छ । बग आक्रमणको खुलासा सँगै एप्पलले हालका लागि ग्रुप फेसटाइम कल फिचर सबै प्रयोगकर्ताका लागि बन्द गरिदिएको छ ।
प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै ग्रुप फेसटाइमलाई बन्द गरिएको बताइएको छ । यो एपमा अपडेट गरी बगमुक्त गराएपछि मात्र प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।
स्मरणरहोस् एप्पलको ग्रुप फेसटाइम आइओएस १२.१ अपरेटिङ्ग सिस्टमको सबैभन्दा महत्वपूर्ण फिचरको रुपमा रहेको छ । यो एपका प्रयोगकर्ताको संख्या पनि अत्यधिक रहेको छ ।
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment