आज देशभरको मौसममा बदली हुने, केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना - DoroNepal

Breaking

Wednesday, January 30, 2019

आज देशभरको मौसममा बदली हुने, केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । 


बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताको जस्तो वर्षा नहुने विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

No comments:

Post a Comment